चीनको अर्थतन्त्रको पुनरुत्थान गर्न केन्द्रीय बैंकका सल्लाहकारद्वारा संरचनात्मक सुधारको प्रस्ताव

चीनको केन्द्रीय बैंक (पिपुल्स बैंक अफ चाइना)का सल्लाहकारले अर्थतन्त्रलाई पुनरुत्थान गर्न संरचनात्मक सुधारको प्रस्ताव राखेका छन् । मौद्रिक नीति सहज बनाउन अझै केही ठाउँ रहेको र समष्टि आर्थिक नीतिहरुमा भरोसा गर्नुको सट्टा संरचनात्मक सुधार गरी उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने सुझावसहितको प्रस्ताव केन्द्रीय बैंकका सल्लाहकार लिउ शिजिनले राखेका छन् ।

केन्द्रीय बैंकमा मौद्रिक नीति समितिका सदस्य लिउले आइतबार सांघाईमा आयोजित वित्तीय मञ्चलाई सम्बोधन गर्दै बेइजिङको मौद्रिक नीति सहज बनाउन अमेरिकासँग ब्याजदरको भिन्नता फराकिलो बनाउनुपर्ने बताए । उनले आर्थिक रुपमा चीनका सबै तहका सरकारहरु तनावमा रहेको पनि बताए । उनले यदि चीनले वृद्धिलाई स्थिर बनाउने प्रयासमा बृहत नीतिहरुमा ध्यान केन्द्रित गरिरह्यो भने थप धेरै असरहरु पर्ने बताए । त्यस्तो भयो भने केन्द्रीय बैंकले फेरि संरचनात्मक सुधारको अवसरहरु गुमाउने स्थिति आउनसक्ने बताए ।

कमजोर उपभोग, घट्दो निर्यात र बढ्दो सम्पत्ति ऋण संकटको बीचमा कोभिड–१९ पछिको रिकभरीले गति गुमाएको र आत्मविश्वास बढाउन धेरै मौद्रिक र वित्तीय उपायहरुको बावजुद चीनले अर्थव्यवस्थामा संघर्ष गरिरहेको छ ।

Comments

Back to top