क्यानडामा हजारौँ खालिस्तान समर्थकको प्रदर्शन

क्यानडा र भारतबीचको तनाव कम भएको छैन । दुवै देशले एकअर्काका शीर्ष कूटनीतिज्ञहरूलाई निष्कासन गरेका छन्।

यसैबीच दर्जनौं खालिस्तान समर्थकहरूले खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको विरोधमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले खलिस्तानको झण्डा फहराउँदै, संगीत बजाएर नारा लगाएका छन्। सो क्रममा केही प्रदर्शनकारीले भारतीय वाणिज्य दूतावास बाहिर भारतीय झण्डाको अपमान गरेका थिए । यस्तै विरोध प्रदर्शन टोरन्टोमा भएको थियो।

यसैबीच, भ्यानकुभर पुलिस विभागले भारतीय वाणिज्य दूतावासमा सुरक्षा बढाएको छ र सावधानीका रूपमा नजिकका सडकहरू बन्द गरेको छ।

भारतीय वाणिज्य दूतावासको प्रवेशद्वारमा ब्यारिकेड जडान गरिएको छ । क्यानाडाली मिडिया रिपोर्टका अनुसार होवे स्ट्रिटमा रहेको भारतीय वाणिज्य दूतावासको प्रवेशलाई रोक्न ब्यारिकेडहरू खडा गरिएको छ।

समाचारका अनुसार विश्व सिख संगठनले उक्साहट र हस्तक्षेपको सम्भावनालाई लिएर चेतावनी जारी गरिसकेको छ । विश्व सिख संगठनका प्रमुख तेजिन्दर सिंह सिद्धुले एक विज्ञप्ति जारी गर्दै निज्जरका हत्यारा पत्ता लगाउन माग गरेका छन् ।

उनले हिंसा नभड्काउन पनि आग्रह गरेका छन् ।

Comments

Back to top