आर्थिक मामिलामा नियमित छलफल गर्न चीन र इयू सहमत
चीन र युरोपेली सङघ (इयू)ले बृहत् आर्थिक मुद्दाहरूमा नियमितरुपमा छलफल गर्न सहमति जनाएका छन् ।
समष्टिगत आर्थिक विषयमा छलफल नियमित रुपमा छलफल तथा भ्रमण आदानप्रदान पुनः सुरु गर्न सङ्घ र चीन सहमत भएका सङ्घका व्यापार प्रमुख भाल्डिस डोम्ब्रोभस्किसले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बताए । आर्थिक र वित्तीय मामिलामा निरन्तर संवाद गर्ने र अवरुद्ध वार्तालाई पुनः थाल्न बेइजिङ सहमत भएको उनले जानकारी दिए।
चिनियाँ उपप्रधानमन्त्री हे लिफेङका साथ भएको संयुक्त पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आर्थिक विषयमा उत्पन्न सबै समस्या द्विपक्षीय वार्ता र संवादका माध्यमबाट समाधान गर्न दुवै पक्षले प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै, दुवै पक्षले निकट भविष्यमा आर्थिक मुद्दामा थप संवाद गर्न सहमति जनाएका छन् ।
Comments