कोशीमा मन्त्रिपरिषद् विस्तार, थपिए ४ मन्त्री

कोशी प्रदेश सरकार विस्तार भएको छ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

उनले बुद्धिकुमार राजभण्डारीलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र लीलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाएका छन् ।

त्यस्तै उनले रामप्रसाद मेहतालाई उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राईलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनाएका छन् ।

अब कोशीको मन्त्रिपरिषद् नौ सदस्यीय भएको छ ।

थपिएका चारै मन्त्री एमालेका हुन् ।

Comments

Back to top