बिरामीको मृत्यु भएपछि मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि हातपात
पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि हातपात भएको छ । चिकित्सकमाथि हातपात भएपछि अस्पतालमा लफडा भएको छ ।
उपचारका क्रममा विरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाति हातपात गरेका थिए ।
उपचारका लागि अस्पताल लगिएकी लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको हो ।
आक्रोशित आफन्तले अस्पतालको सिसासमेत फुटाएका छन् ।
Comments