अमेरिकालाई उछिन्दै विश्वको ठूलो कपास निर्यातकर्ता बन्दै ब्राजिल

संयुक्त राज्य अमेरिकालाई उछिन्दै ब्राजिल विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने निश्चित भएको ब्राजिलका एक कपास उद्योगीले बताएका छन् ।

अमेरिकी उत्पादन गर्ने मुख्य क्षेत्र टेक्सास खडेरी र गर्मीको चपेटामा परेको र ब्राजिलले कपास उत्पादनमा अमेरिकालाई पछ्याईरहेकोले ब्राजिल छिट्टै कपास उत्पादन र निर्यातका लागि पहिलो स्थानमा आउन लागेको उनले बताए।

ब्राजिलियाली कपास उत्पादक सङ्घका उपाध्यक्ष गुस्ताभो भिगानोले भने, ‘यदि अमेरिकी कपास बाली अहिलेकै अवस्थामा बिग्रँदै गयो भने ब्राजिलले अमेरिकालाई सजिलै उछिन्न सक्छ ।

संयुक्त राज्य अमेरिका र ब्राजिल विश्वको सबैभन्दा ठूला दुई कपास निर्यातकर्ता हुन् । यी मुलुकको कपास आपूर्तिले विश्वव्यापी मागको आधाभन्दा बढी मागलाई सम्बोधन गर्छ ।

अमेरिकी कपास बाली रेकर्डमा यसको सबैभन्दा खराब स्तरको केवल एक तह माथि छ । अमेरिकी कपासको उत्पादनको लगभग ४० प्रतिशत करिब सबै टेक्साससहित सुक्खाग्रस्त क्षेत्रहरूबाट आउने गर्छ । उक्त क्षेत्र यस वर्ष रेकर्डमा दोस्रो सबैभन्दा गर्मी क्षेत्र मापन गरिएको छ ।

अमेरिकाले सन् २०२३/२४ को सिजनमा एक करोड २५ लाख भारी निर्यात गर्ने अपेक्षा गरिएको छ । यद्यपि, टेक्सासमा खडेरीका कारण यो आँकडा कम हुन सक्छ । फलस्वरूप, ब्राजिल, यस मौसममा ११.२५ मिलियन भारी कपास निर्यात पूर्वानुमानको साथ, विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता बन्न सक्छ ।

Comments

Back to top