बर्खरै मात्र सार्वजनिक भएको आइफोन-१५ किन्न यूएईमा मानिसहरूबीच झगडा

हालै सार्वजनिक भएको आईफोन १५ किन्न संयुक्त अरब इमिरेट्स (यूएई) मा मानिसहरूबीच झगडा नै भएकाे छ । विभिन्न मिडियाहरूले दुबई मलमा आईफोन १५ किन्न आउने सर्वसाधारणहरूबीच झगडा भएकाे उल्लेख गरेका छन् ।

द नेसनलका अनुसार दुबई मलमा शुक्रवार एप्पलले आईफोन १५ सार्वजनिक रूपमा बिक्री सुरु गर्नु अगावै मानिसहरूको भिड बढ्न थालेपछि सुरक्षागार्डले रोक्न खोजेका थिए । माइक फुक्दै सुरक्षाकर्मीहरूले अगाडि नबढ्न आग्रह गरे पनि मानिसहरूकाे भिड संयम हुन सकेन ।

बहुप्रतिक्षित आईफोन १५ सार्वजनिक भएसँगै न्यू योर्क, लण्डन, बेइजिङ लगायतका ठूला सहरहरूमा मानिसहरूको ठूलो ओइरो लागेको समाचारहरू बाहिरिरहेका छन् । छिमेकी देश भारतमा पनि आईफोन १५ किन्न मानिसहरूकाे लाइनमा लागेको समाचार आएकाे छ ।

Comments

Back to top