नाइजेरियामा इन्धन डिपोमा आगलागी हुँदा ३४ को मृत्यु

नाइजेरिया सीमा नजिक बेनिनमा इन्धन डिपोमा आगलागी भएपछि विस्फोट भएको छ ।

यस दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका पनि छन् । एक प्रतिबन्धित इन्धन डिपोमा आगो लागेपछि भएको विस्फोटले आकाशमा धुवाँको कालो बादल मडारिएको सरकारी अधिकारी र बासिन्दाले बताएका छन् ।

बेनिनका आन्तरिक मामिला मन्त्री अलासने सेइडोले सहरको एउटा इन्धन डिपोमा ठूलो आगलागी भएको जानकारी दिए । यद्यपी यो आगलागी कसरी भयो ? भन्ने बारे अझै जानकारी आएको छैन ।

यस दुर्घटनालाई दुर्भाग्यपूर्ण बताउँदै उनले आगलागीबाट दुई बालबालिकासहित ३४ जनाको ज्यान गएको पनि जानकारी दिएका छन । उनका अनुसार यस दुर्घटनामा २० जना घाइते भएको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको र धेरैको अवस्था चिन्ताजनक रहेको छ ।

 

Comments

Back to top