नेपाल-चीन बिजनेस समिटमा सहभागी हुन प्रधानमन्त्रीसहितको टोली बेइजिङ प्रस्थान

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज आइतबार हान्जाउबाट राजधानी बेइजिङ जाँदैछन् ।

शनिबार हान्जाउ पुगेका प्रचण्डले राष्ट्रपति सी चिनफिङ भेटवार्ता गरेका छन् । भेटमा प्रचण्डले नेपाल चीन सम्बन्ध रणनीतिक तहमा पुगेको बताए। 

प्रचण्ड १९ औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा पनि सहभागि भएका छन् । प्रधानमन्त्री प्रचण्ड आज दिनभर विभिन्न कार्यक्रममा भाग लिनेछन् । सोमबार मात्रै समकक्षी ली छ्याङ तथा उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्रीसहितको टोली बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्नेछ । ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्नेछन् ।

अपराह्न ४ बजेदेखि ५ बजेसम्म नेपाल-चीन बिजनेस समिटमा प्रधानमन्त्री सहभागी हुनेछन् । उनले त्यहाँ सम्बोधन गर्नेछन् । त्यस पश्चात नेपाली दूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुनेछन् ।

Comments

Back to top