प्रधानमन्त्री प्रचण्ड चीनको हाङजाओमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणका लागि शनिबार बिहान हाङ्जाओ आइपुगेका छन्।

प्रचण्ड संयुक्त राष्ट्र सङ्घको महासभा सहभागी भएर अमेरिकाबाट हङकङ हुँदै एसियाली खेलकुद महोत्सव आयोजना गरिएको चीनको हाङजाओ शहरमा पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आजै भेट हुने तय भएको छ । १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङजाओमा रहने भएकोले त्यहीँ भेटवार्ताको तय भएको हो ।

उनको चीन भ्रमण एकसाताको हुनेछ । प्रधानमन्त्री प्रचण्ड हाङचौंबाट, बेइजिङ, छोङछिङ, तिब्बत र छेन्दु हुँदै ३० सेप्टेम्बरमा नेपाल फर्कने कार्य तालिका रहेको छ ।

Comments

Back to top