प्रधानमन्त्रीको चीन भ्रमणमा भौतिक पूर्वाधारमा नेपालले नयाँ आयोजना प्रस्ताव राख्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा भौतिक पूर्वाधारतर्फ केही नयाँ आयोजना बनाउन नेपालले प्रस्ताव गर्ने भएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणका दौरानमा पाइपलाइनका आयोजनासँगै सडक र सुरुङमार्गका नयाँ आयोजना बनाउन चीनसँग प्रस्तावित गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताए ।
उनका अनुसार यसरी प्रस्ताव गर्ने योजनामा सुर्खेत–हिल्सा द्रुत मार्ग, टोखा छहरे सुरुङ मार्ग, अरनिको राजमार्ग बिस्तार, खुटिया–दिपायल–उरै भञ्ज्याङ सडक र किमाथांक सडक निर्माण गर्न चीनसँग सहयोगको लागि प्रस्ताव गरिने उनले बताए ।
प्रताव गर्ने आयोजना अनुदानमा बनाउन नेपालले प्रस्ताव गर्ने छ । त्यो सम्भव नभए सहुलियतपूर्ण ऋणमा समेत अगाडि बढाउने गरी नेपालले प्रस्ताव गर्नेछ ।
त्यस्तै, पाइपलाइनका आयोजनातर्फ चक्रपथ विस्तार, स्याफ्रुबेसी–टिमुरे सडक र केरुङ–काठमाडौं रेलमार्गलाई प्राथमिकतामा राखेर यसपटक छलफल गरिने भएको छ ।
Comments