प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति जो वाइडेन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच संक्षिप्त भेटवार्ता भएको छ। भेटका अवसरमा दुई देशबीचको आपसी हित र सहकार्यसम्बन्धी कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेको प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

 

Comments

Back to top