भारतीय बैंकिङ प्रणालीमा गम्भीर तरलता संकट

भारतीय बैंकिङ प्रणालीमा चरम तरलता अभाव देखा परेको छ । भारतीय बैंकिङ प्रणालीको तरलता सेप्टेम्बर १८ मा १४ खर्ब ७० अर्ब भारतय रुपैयाँ (भारु) कम रहेको रोयटर्सले उल्लेख गरेको छ । 

भारतमा लगानीयोग्य रकम सन् २०१९ यताकै सबैभन्दा न्यून विन्दुमा झरेको हो । लगानीयोग्य रकम अभाव भएपछि भारतीय बैंकहरुले केन्द्रीय बैंक 'रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’ मार्फत १९ खर्ब ७० अर्ब रुपैयाँ कर्जा सुविधा लिएका छन् । भारतका कर्पोरेटहरुले गत साता अग्रीम कर भुक्तानी गरेका थिए । यस्तै,वस्तु तथा सेवा कर (जीएसटी) भुक्तानी गर्नुपर्ने समय बुधबार रहेको थियो ।

 यी दुवै कारणले बैंकिङ प्रणालीबाट करिब २५ खर्ब भारु बाहिरिएको बैंकरहरुले अनुमान गरेका छन् । भारतले अनिवार्य नगद अनुपात (सीआरआर) को सीमा बढाउँदा बैंकहरुको ठूलो रकम होल्ड भएर बसेको छ । यही समयमा अग्रीम कर र जीएसटी भुक्तानीका लागि ठूलो रकम बाहिरिएपछि तरलतामा गम्भीर दबाब परेको हो । 

 

Comments

Back to top