शिक्षक महासङ्घ र सरकारबीच आज पुनः वार्ता हुँदै, समस्या समाधान हुनेमा आशावादी

नेपाल शिक्षक महासङ्घ र सरकारबीच आज वार्ता हुँदैछ । बिहीबार साँझ सहमति हुन नसकेपछि आज फेरि वार्ता बस्न लागेको हो । 

कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङका अनुसार आज बस्ने वार्तामा सहमति हुनेछ । उनले भने “उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर बिहीबार छलफल भएको छ । शुक्रबार बिहानसम्म टुङ्गिन्छ।'

हिजोको वार्तामा शिक्षकका मागमाथि रहेर बुँदागत छलफल भएको थियो ।

संसद्मा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्ने सहितका माग छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि बिहीबारको छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताए । 

Comments

Back to top