भारतीय संसदमा महिला आरक्षण विधेयक पेश
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा महिला आरक्षण विधेयक पेश गरेका छन् । लोकसभाको विशेष सत्रको दोस्रो दिन मंगलबार उनले महिला आरक्षण विधेयक पेश गरेका हुन् ।
यो आरक्षण विधेयकअनुसार लोकसभा र विधानसभामा महिलाका लागि ३३ प्रतिशत आरक्षण छुट्टाइने छ । यो विधेयक यदि कानून बन्यो भने सन् संसदमा १८१ महिला सांसद हुनेछन् ।
यद्यपि यो कानून सन् २०२४ को चुनावमा भने लागू हुने सम्भावना देखिएको छैन । किनकि जनगणनाको आधार तय गरेरमात्र यो लागू गर्न सम्भव छ । २०२४ को लोकसभा चुनावभन्दा अगाडि जनगणना सम्भव नभएको बताइन्छ ।
अहिले लोकसभामा ८२ महिला सांसद छन् । विधेयक पास भएपछि १८१ सांसद अनिवार्य रुपमा महिला हुनेछन् ।
यो आरक्षण सिधै चुनिने जनप्रतिनिधिका लागि लागू हुनेछ । तर यो राज्यसभा र राज्यहरुको विधान परिषदमा लागू हुने छैन ।
Comments