लिबियाका बाढी पीडितले मेयरको घर जलाए
लिबियाका बाढी पीडितले मेयरको घर जलाएका छन्।
गत हप्ताको विनाशकारी बाढीपछि राहत र उद्दारका काम नगरेको तथा पूर्व सूचना नदिएको भन्दै सयौं प्रदर्शनकारीहरूले लिबियाको डेर्ना सहरमा मेयरको घर जलाएको हुन्।
डेर्नाका मेयर अब्दुलमेनम अल-गैथीको घर जनताको आक्रोशको केन्द्रबिन्दु बनेको छ। स्थानीयका अनुसार बाढी आउँदैछ भनेर पूर्व सूचना दिएको भए यतिधेरै क्षति हुने थिएन । तर सरकारले वर्षा र बाढीबारे सूचना नदिँदा यो सबै अवस्थाको सृजना भएको हो ।
उनीहरू भन्छन् कि उनीहरूलाई घर खाली गर्न भन्नुको सट्टा घरमा बस्ने चेतावनी पनि दिइएको थियो । यद्यपि अधिकारीहरूले यसलाई अस्वीकार गर्छन्। लामो समयका नेता मोहम्मद गद्दाफीलाई अपदस्थ गरेदेखि लिबिया शक्ति संघर्षले ग्रस्त छ र हाल दुईवटा सरकारहरू छन् ।
एउटा संयुक्त राष्ट्रले मान्यता प्राप्त एउटा त्रिपोलीमा आधारित छ र अर्को देशको पूर्वमा योद्धा जनरल खलिफा हफ्तारको समर्थनमा सरकार छ।
मंगलबार, प्रदर्शनको भोलिपल्ट, पूर्वी लिबियाको सरकारका एक मन्त्रीले सबै पत्रकारहरूलाई डेर्ना छोड्न भनिएको घोषणा गरे र उनीहरूलाई उद्धार टोलीको काममा बाधा पुर्याएको आरोप लगाए।
Comments