विद्यालय बन्द गरेर आन्दोलन गर्न जाने शिक्षकलाई महानगरले कारबाही गर्ने
काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने भएको छ। नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाण्डुमा आन्दोलन भइरहेका बेला महानगरले विद्यालय नै बन्द गरेर आन्दोलनमा गएको खण्डमा त्यस्ता शिक्षकहरूमाथि कारबाही गर्ने भएको हो ।
महानगरपालिकाले शिक्षा विभागलाई आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको छ । महानगरको निर्देशकसँगै शिक्षा विभागले विद्यालयहरूको अनुगमन गर्नेछन्। यदि विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध पुगेको देखिएको खण्डमा महानगरको शिक्षा ऐन अनुसार कारबाही गर्ने तयारी गरेको हो।
Comments