चन्द्रमाका केही रोचक तथ्य, जो धेरैलाई थाहा छैन!
पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह चन्द्रमा एक प्रकारले रहस्यले भरिएको छ । यसका विभिन्न पक्षहरु छन्, जसका बारेमा वैज्ञानिकहरुले खोज अनुसन्धान गरिरहेका छन् ।
चन्द्रमाबारे पत्ता लागेका केही रोचक तथ्य यस्ता छन्:
१. गोलो छैन चन्द्रमा : पूर्णिमाको रातमा चन्द्रमा पूर्णरुपमा गोलाकार देखिन्छ । तर वास्तवमा एक उपग्रहको रुपमा चन्द्रमा पूर्णरुपमा गोलो नभई अण्डाकार छ । यस्तोमा जब तपाईं चन्द्रमातर्फ हेर्नुहुन्छ यसको केहीमात्रै हिस्सा देखिन्छ । चन्द्रमा गोलो नभएका कारणले यसको भार पनि उसको ज्यामितीय केन्द्रमा छैन । यो आफ्नो जामितीय केन्द्रबाट १.२ माइल टाढा छ ।
२. कहिल्यै पूरा देखिँदैन चन्द्रमा : चन्द्रमा जति नै देखिए पनि त्यसको अधिकतम ५९ प्रतिशत भागमात्रै पृथ्वीबाट देखिन्छ । यसको ४१ प्रतिशत भाग पृथ्वीबाट देखिँदैन । यदि तपाईं चन्द्रमामा गएर त्यो ४१ प्रतिशत भूभागवाला हिस्सामा उभिनुभयो भने त्यहाँबाट पृथ्वी देखिँदैन ।
३. ज्वालामुखी विस्फोटन र ब्लू मूनबीच सम्बन्ध : चन्द्रमासँग सम्बन्धित ब्लू मून शब्द सन् १८८३ मा इण्डोनेसियाको क्राकातोआ टापुमा भएको ज्वालामुखी विस्फोटनपछि प्रयोगमा आएको हो । यसलाई पृथ्वीको इतिहासको सबैभन्दा भीषण ज्वालामुखी भनिन्छ । उक्त विस्फोटनको आवाज पश्चिमी अष्ट्रेलियास्थित पर्थ सहर तथा मौरिसससम्मै सुनिएको बताइन्छ । सो ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा यति धेरै खरानी फैलियो कि रातमा चन्द्रमा पनि निलो देखिन थाल्यो । त्यसबाटै ‘ब्लू मून’ अर्थात् नीलो चन्द्रमा शव्द प्रचलनमा आयो ।
४. चन्द्रमामा गहिरा खाडल : वैज्ञानिकहरुका अनुसार चन्द्रमामा हावा छैन । साथै त्यहाँ ठूला खाडलहरु छन् । वैज्ञानिकहरुका अनुसार ‘इम्प्याक्ट क्रेटर’ नामक भिमकाय खाडल चार अर्ब वर्ष पहिले आकाशीय पिण्डहरुको टक्करका कारण सिर्जना भएको थियो ।
५. रहस्यमय दक्षिणी ध्रुव : चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्र जहाँ भारतको चन्द्रयान–३ अवतरण गरेको छ, त्यसलाई निकै रहस्यमय मानिन्छ । सो क्षेत्रमा निकै गहिरा खाडलका साथै अग्ला पहाड पनि छन् । जसको छायाँ परेको जमिनमा अर्बौ वर्षदेखि सूर्यको प्रकाश पुगेको छैन ।
६. चन्द्रमाको प्रकाश : पूर्णिमाको चन्द्रमाको तुलनामा सूर्य १४ गुणा धेरै चम्किलो हुन्छ । त्यस्तै एउटा सूर्यले दिने बराबरको प्रकाश प्राप्त गर्नका लागि ३ लाख ९८ हजार ११० वटा पूर्ण चन्द्रमा आवश्यक पर्दछ । चन्द्रग्रहण लागेर चन्द्रमामा पृथ्वीको छायाँ पर्दा चन्द्रमाको सतहको तापक्रम निकै तल झर्दछ । यो प्रक्रियामा ९० मिनेटभन्दा पनि कम समय लाग्दछ ।
एजेन्सी
Comments