ईसेवाको 'मेरो डिजिटल देश' अभियान यस वर्ष पनि जारी

डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरले नेपालमा रेमिट्यान्स पठाउने मध्ये एक जनालाई यस वर्ष पनि काठमाडौंमा घर उपहार दिने भएको छ । विश्वका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स पठाउन सकिने ईसेवा मनी ट्रान्सफरले “मेरो डिजिटल देश” अभियानलाई निरन्तरता दिएको हो । 

यो अभियान अन्तर्गत चार परिवारलाई विशेष कोसेली, हरेक महिना एक जनाको पैसा डबल, तथा बम्पर उपहारमा एक जनालाई काठमाडौंमा घर प्रदान गरिनेछ ।

यो अभियान १ असोज, २०८० बाट सुरु भएर ३१ असार, २०८१ सम्म जारी रहने कम्पनीले जनाएको छ। परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको हो।

यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन, देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितिलाई थप मजबुत बनाउन १० महिने योजना सार्वजनिक गरिएको उल्लेख छ। 

 

Comments

Back to top