चीनको हाङ्गजाउमा हुने एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघ क्यानले एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको घोषणा गरेको छ।

क्यानले चीनको हाङ्गजाउमा हुने एसियाली खेलकुदमा सहभागी हुने १५ सदस्यीय टोली घोषणा गरेको हो। रोहित कुमार पौडेलको कप्तानीमा रहने नेपाली टोलीमा विनोद भण्डारीले पुनरागमन गरेका छन् ।

विवेक कुमार यादव, अविनाश बोहरा र सन्दीप जोरा पनि टोलीमा परेका छन् । एसिया कप खेलेका आरिफ शेख, किशोर महतो, मौसम ढकाल र भीम सार्की भने टोलीमा परेका छैनन् । एसियाली खेलकुदमा टि-२० हुने भएकाले सोही अनुसार टिम तयार पारिएको हो ।

नेपाली टोली

रोहित कुमार पौडेल, करन केसी, प्रतिस जिसी, आसिफ शेख, कुशल मल्ल, गुल्शन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, विवेक कुमार यादव, अविनाश बोहरा, सन्दीप लामिछाने।

Comments

Back to top