हेटौँडामा चिकित्सकमाथि कुटपिट, दोषीलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
उपचारमा लापरबाही गरेको भन्दै हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत दुई जना डाक्टरमाथि कुटपिट भएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि हिजो बिहान कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पतालमा दुई चिकित्सकमाथि भएको कुटपिट घटनाका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार नेपाल चिकित्सक संघका प्रतिनिधिहरूसँगको भेटमा प्रचण्डले कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनााएका हुन् ।
संघले बिहीबार नै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई समेत भेटेर दोषीलाई कारबाहीका लागि ज्ञापनपत्र बुझाएको छ ।
Comments