सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदै

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको शव यात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ।

नेम्वाङको निवास बालुवाटारबाट सुरु भएको शव यात्रा आर्यघाट पुगेको हो । यसअघि बालुवाटार निवासमै नेपाली सेनाले सलामी दिएको थियो ।

सोमबार राति निधन भएका उनको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुगेको हो । 

दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको थियो ।

नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ । राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएकोले आज सरकारले शोक बिदा दिएको छ ।

Comments

Back to top