काठमाडौंमा बागमतीसहितका नदी र खोलाले खतराको तह नाघे, उच्च सतर्कता जरुरी
काठमाडौं उपत्यकामा गएराति भारी वर्षा भएको छ ।
रातिको भीषण वर्षाका कारण सबैजसो खोला र नदीमा ठूलो बाढी आएको छ। पछिल्लो ६ घण्टामा धाप ड्याम्पमा ७५ मिलिमिटर वर्षा भएको छ । यस्तै सुन्दरीजलमा ३०, बबरमहलमा २४ मिलिमिटर वर्षा भएको छ ।
मनोहरा खोला बालकुमारीमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेको, बागमतीमा पनि जलसतह सतर्कता नजिक रहेको छ । काठमाडौं उपत्यकाको बागमती र यसका सहायक नदी तटीय क्षेत्रमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान १० बजे सम्म सतर्कता अपनाउनुपर्ने बाढी सूचना केन्द्रले जनाएको छ ।
Comments