सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझायो ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ।
सरकारी वकिल कार्यालय काठमाडौंले प्रतिवेदन प्राप्त भएको जानकारी दियो। एक/दुई दिनको अध्ययनपछि मुद्दा दायर हुने छ कार्यालयले जनाएको छ। सरकारी वकिलले सीआईबीको अनुसन्धान प्रतिवेदनमा अध्ययन गरेर शुक्रबारसम्म जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गर्ने तयारी गरेको छ।
हङकङबाट ल्याएको ६० किलो ७ सय १७ ग्राम सुनबारे अनुसन्धान पुरा गरेर सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाएसँगै अध्ययन सुरु भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्युपानेले बताए ।
थुनामा रहेका ३२ जनामध्ये २६ जनालाई मात्र प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ। रोल्पा घर भएकी अमला रोकासहित १८ जनालाई फरार प्रतिवादी कायम गरिएको छ ।
रेडी ट्रेड प्रालिले ६० किलोभन्दा बाहेक ३०२ किलो सुन तस्करी गरेर काठमाडौँ ल्याएको सीआइबीको अनुसन्धाानमा देखिएको छ।
Comments