श्रीकृष्णले कुरुक्षेत्रलाई नै किन रोजेका थिए महाभारत युद्धको लागि ?
यो त सबैलाई थाहा छ कि गिताको उपदेश श्रीकृष्णले अर्जुनलाई कुरुक्षेत्रमा नै दिएका थिए, जहाँ महाभारतको युद्ध भएको थियो । तर आज पनि महाभारतसँग जोडिएका यस्ता कैयौ रहस्यहरु छन्, जसको बारेमा धेरै कम मानिसहरुलाई मात्र थाहा छ। आज हामी त्यस्तो रहस्यको बारेमा जानकारी दिन गईरहेका छौ र तपाईलाई बताउन गईरहेका छौ कि महाभारतको युद्ध आखिर कुरुक्षेत्रमा नै किन भएको थियो, किन अर्को ठाउँमा भएन ?
महाभारतको युद्ध कौरब र पाण्डबको बिच भएको थियो, जसमा दुबै तर्फका करौडौँ योद्धा मारीएका थिए । यो संसारको सबैभन्दा भिषण युद्ध थियो । त्यो भन्दा पहिला न त कहिले यस्तो युद्ध भएको थियो र न त भविष्यमा कहिले यस्तो युद्ध हुने सम्भावना नै छ ।
कुरुक्षेत्रको धर्तीलाई महाभारतको युद्धको लागी भगवान श्रीकृष्णले नै रोजेका थिए, तर उनले कुरुक्षेत्रलाई नै महाभारत युद्धको लागी किन चुने ? यसको पछाडि एउटा गहन रहस्य लुकेको छ । शास्त्रको अनुसार, महाभारतको युद्ध जब तय भयो तब त्यसको लागी स्थान छनोट गर्न लागीयो । भगवान श्रीकृष्ण यो युद्ध द्धारा धर्तीमा बढ्दै गएको पापलाई मेटाउन चाहन्थे र धर्मको स्थापना गर्न चाहन्थे ।
भनिन्छ कि भगवान श्रीकृष्णलाई यो डर थियो कि दाजु–भाई बिच, गुरु–शिष्य बिच र साथी–सम्धिहरुको यो युद्धमा एक–अर्का मरेको देख्दा कतै कौरब र पाण्डब मेलमिलाप नगरुन । यसैकारण उनले युद्धको लागी यस्तो भुमि चुन्ने फैसला गरे, जहाँ क्रोध र द्धेष पर्याप्त मात्रामा होस् । यसको लागी श्रीकृष्णले आफनो दुतलाई सबै दिशामा पठाए र उनीहरुलाई त्यहाँको घटनाको विषयमा जानकारी लिन लगाइयो ।
सबै दुतले सबै दिशामा घटेको घटनाको बारेमा जानकारी लिए र भगवान श्रीकृष्णलाई सबैको बारेमा एक–एक गर्दे त्यसको विषयमा जानकारी दिए । त्यस मध्येका एक दुतले घटनाको बारेमा बताए कि कुरुक्षेत्रमा एउटा दाईले आफनो भाईलाई खेतको सिमा भत्कदा बर्षाको पानीलाई रोक्नको लागी भने तर भाईले दाईको कुरा मानेनन् । आफनो आदेश नमान्दा दाई रिसले आगो भए र उसले भाईलाई छुरा प्रहार गरी मारे र भाईको लासलाई घिर्सार्दे त्यो भत्किएको खेतको सिमामा लगे जहाँबाट पानी बगिरहेको थियो र त्यही भाईको लाशलाई पानी रोक्नको लागी प्रयोग गरे ।
दुतद्धारा सुनाईएको यो सत्य घटनालाई सुनेर श्रीकृष्णले यही भुमी दाजु–भाई, गुरु–शिष्य र आफन्तहरुबिचको युद्धको लागी एकदम उपयुक्त भएको निष्कर्ष निकाले । श्रीकृष्णले अब यो भुमिलाई नै युद्धको लागी निश्चित गरे जहाँको संस्कार दाजु–भाईहरु बिच हुन गईरहको युद्धमामा एक–अर्का प्रति माया प्रेम उत्पन्न हुने छैन । यसपछि उनले महाभारतको युद्ध कुरुक्षेत्रमा नै गर्ने घोषणा गरे ।
Comments