आर्थिक वृद्धिदर ३ दशकयताकै कमजोर, उच्च ऋणका कारण आर्थिक चुनौती बढ्दै

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा र विश्व बैंकका अध्यक्ष अजय बंगाले उच्च ऋणका कारण कयौं देशले अभूतपूर्ण आर्थिक चुनौतीको सामना गरिरहेको बताएका छन् ।

बढ्दो आर्थिक र भूराजनीतिक तनाव प्रमुख चुनौती भएको भन्दै हाल देखिएका सबै समस्या क्रमश: समाधान हुँदै जाने विज्ञप्तिमा उल्लेख छ ।

विश्व अर्थतन्त्रको वृद्धिदर सुस्त बन्दै तीन दशकयताकै कमजोर अवस्थामा पुगेको जनाउँदै कोष र बैंकका उच्च अधिकारीले गरिबी न्यूनीकरणमा भइरहेको प्रगति रोकिनु चिन्ताजनक भएको बताए ।

जलवायु परिवर्तनले बढेको प्राकृतिक प्रकोप र सार्वजनिक ऋणको बढ्दो स्तरले समेत विभिन्न नयाँ-नयाँ चुनौती देखापरेको विज्ञप्तिमा उल्लेख छ । हाल देखिएका सबै समस्या समाधान गर्न दुवै संस्थाबीच अझ नजिकबाट सहकार्य हुने विज्ञप्तिमा जनाइएको छ ।

८० वर्षमा विश्व अर्थतन्त्रमा समस्या भएको अवस्थामा बैंक र कोषले सदस्यहरूको आवश्यकताअनुसार काम गरेको भन्दै आगामी दिनमा पनि समस्यामा परेका राष्ट्रलाई सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

Comments

Back to top