अष्ट्रेलियामा एकैवर्ष भित्रए ३.५ लाख आप्रबासी, प्रतिब्यक्ति आम्दानी  घट्दै

अष्ट्रेलियामा एकै बर्षमा आप्रबासीको संख्या ३ लाख ५० हजारले बढेको छ ।

विगतमा केही खुकुलो अध्यागमन नीति लिएको अष्ट्रेलियामा यो वर्ष संसारकै सबैभन्दा बढी आप्राबासी भित्रिएका हुन् ।

उच्च संख्यामा आप्रबासी भित्रिएसँगै प्रतिब्यक्ति आम्दानी घट्दै गएको त्यहाँस्थित अर्थशास्त्रीहरुले बताएका छन् ।

बुधबार प्रकाशित एक तथ्याङ्कअनुसार आर्थिक वृद्धिदर ०.३ प्रतिशतले खस्केको छ । योसँगै प्रतिव्यक्ति आय पनि घटेका कारण त्यहाँस्थित रैथानेहरु गरीब बन्दै गएका छन् ।

हाल अष्ट्रेलियामा उत्पादन घटेको छ भने आर्थिक मन्दी छाएको र ब्याजदर बढेको डेली मेलले जनाएको छ । बढ्दो आप्रबासनले लेबर मार्केट्लाई सहयोग गरेता पनि देशको लागत बढेको अर्थाशास्त्री ओलिभरलाई उद्धृत गर्दै समाचारमा बताइएको छ ।

खुकुलो अध्यागमन नीति अवलम्बन गरेको अष्ट्रेलियाले पछिल्लोपल्ट केही अध्यागमन नीति परिवर्तन गर्दै गएको छ ।

Comments

Back to top