शरीरका कुन-कुन अंग संवेदनामा अगाडि ?

शरीरको कुन भाग सबैभन्दा कम उत्तेजक हुन्छ होला? अर्थात् मान्छेको शरीरको त्यस्तो कुन भाग होला जहाँ स्पर्श गर्दा सबैभन्दा कम उत्तेजनाको अनुभुति हुन्छ र ? अर्थात् त्यो अंग हेरेर सबैभन्दा कम संवेदना आउँछ ?

यो प्रश्नको उत्तर ठ्याक्कै यहीँ हो भनेर दिन गाह्रो पर्ला किनकि यौन अनुभुति भन्ने कुरा मान्छेको मनोविज्ञान तथा सरीरका अंगलाई हेर्ने दृष्टिकोणमा भर पर्छ । तर बेलायतमा गरिएको पछिल्लो अध्ययनले महिलाको शरीरमा खुट्टा सबैभन्दा कम उत्तेजक अंगको रुपमा रहेको र खुट्टाको दर्शनले पुरुषमा निकै कम मात्र यौन अनुभुति पैदा गर्ने तथ्य पत्ता लगाएको छ । जबकि महिलामा यौन उत्तेजना पैदा गराउन असफल हुने पुरुषको अंग पाखुरा हो ।

बेलायतका दुइ विश्वविद्यालयले संयुक्त रुपमा गरेको अनुसन्धान अनुसार खुट्टाका पाइताला सबैभन्दा कम यौनोत्तेजक अंग हो । यौनिक संवेदनाको दृष्टिले  दोश्रो स्थानमा रहेको भाग हो, घुँडा ।

शरीरका विभिन्न ४१ वटा अंगमा गरिएको अध्ययनले खुट्टामा यौनउत्तेजना पैदा गर्ने स्नायु हुने र त्यसको सिधा सम्बन्ध मस्तिष्क सँग हुने भएकाले खुट्टाको स्पर्शले यौन उत्तेजना पैदा गर्ने यसअघिका कथनहरुलाई गलत सावित गरिदिएको छ । त्यस्तै पुरुषका पिँडौलाले पनि महिलामा यौन अनुभुति पैदा गराउन सक्षम हुने अध्ययनले देखाएको छ ।

अध्ययनले पुरुषको शरीरमा पनि महिलाको जत्तिकै उत्तेजना पैदा गर्ने विभिन्न स्थान हुने तथ्य पत्ता लगाएको छ । यसअघि पुरुषमा बाहिरी अंगले उत्तेजना पैदा नगर्ने विश्वास गरिँदै आएकोमा त्यस्तो नभै पुरुषका शरीरमा विभिन्न स्थान तथा अंग हुने र त्यस्ता अंगको स्पर्शले पुरुषमा उत्तेजना पैदा गर्ने पछिल्लो अध्ययनले देखाएको छ ।

पुरुषमा यौन अनुभुति पैदा गर्ने महिलाको सबैभन्दा शक्तिशाली अंग ओँठ हो । दोश्रो स्थानमा घाँटी, तेश्रो स्थानमा वक्षस्थल, चौथो स्थानमा नितम्ब तथा पाँचौ स्थानमा हिप रहेको छ ।

महिलामा यौन अनुभुति पैदा गराउने पुरुषका अंगहरु मध्ये मुख तथा ओँठ नै पहिलो स्थानमा छ । दोश्रो स्थानमा भित्री पिँडौला, तेश्रोमा गर्धन, चौथोमा छाति र स्तन, पाँचौमा ढाडको तल्लो स्थान रहेका छन् । महिलामा यौन अनुभुति गराउनै नसक्ने पुरुषको अंग पाखुरा हो ।

Comments

Back to top