क्यानडाको अर्थतन्त्रमा अप्रत्याशित संकुचन
क्यानडाको अर्थतन्त्र अप्रत्याशितरूपमा संकुचन भएको छ । दोस्रो त्रैमासिक रिपोर्टअनुसार वार्षिक वृद्धिदरमा शून्य दशमलव २ प्रतिशत विन्दुले गिरावट आएको छ । यो तथ्यांकले सम्भावित मन्दी नियन्त्रण गर्नेगरी दरहरू निर्धारण गर्न केन्द्रीय बैंकमाथि दबाब परेको छ ।
यो तथ्यांक बैंक अफ क्यानडाले प्रक्षेपण गरेको एक दशमलव ५ प्रतिशत विन्दुभन्दा कम हो । विश्लेषकहरूले पनि एक दशमलव २ प्रतिशत लाभ हुने प्रक्षेपण गरेका थिए । क्यापिटल इकोनोमिक्सका लागि उत्तर अमेरिकी अर्थशास्त्री स्टिफन ब्राउनले क्यानडाको अर्थतन्त्र पहिले नै सामान्य मन्दीमा परेको हुनसक्ने बताएका छन् । उनले यो तथ्यांकअनुसार बैंक अफ क्यानडाले आगामी साता अहिलेको ब्याजदरलाई चलाउँदैन भन्नेमा शंका रहेको बताए ।
क्यानडाको तथ्यांक कार्यालयका अनुसार मुख्यतया आवास लगानी र निर्यातमा कमी र घरेलु खर्चमा आएको गिरावटले अर्थतन्त्रमा संकुचन देखा परेको बताए । गत जुनमा क्यानडाको जंगलमा लागेको डढेलोले खानी उत्खनन र रेल यातायातलगायत धेरै उद्योगहरूमा प्रतिकूल असर पारेको थियो ।
Comments