भारत विरुद्द नेपाली टिम २३० रन जोडेर अलआउट, भारतलाई २३१ रनको लक्ष्य

एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले दुई २३० रन जोडेको छ ।

४८.२ ओभरमा सबै विकेट गुमाउँदै नेपालले २ सय ३० रन बनाएको हो । 

एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए ।

अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेले। दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडे । यद्यपी अर्धशतक बनाउनबाट चुके ।

ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए। भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए ।

Comments

Back to top