मान्छेलाई लाग्छन् यस्ता अनाैठा डर!

सोम्निफोबियाः निद्राको भयलाई सोम्निफोबिया भनिन्छ। यो भय भएको मान्छे निदाएपछि मरिने हो कि भन्ने त्रासले ग्रस्त हुन्छ र निदाउन चाँदैन।

नोमोफोबियाः एक सर्वेक्षण अनुसार बेलायतको आधाभन्दा  जनसंख्यालाई नोमोफोबिया छ। यस भयले गाँजेपछि मोबाइल फोनमा सिग्नल नआउने हो कि अथवा यसको ब्याट्री सिद्धिने पो हो कि भन्ने डर लागिरहन्छ।

फ्लुटोफोबियाः यो पैसादेखि डराउने मनोदशा हो। यसमा धनी भइएला कि भन्ने भय पनि हुन्छ।

हिप्पोपोटो-मोस्ट्रो-सेस्क्विप्पेडएलियोफोबियाः यो फोबियाको नाम लामो छ। यसबाट ग्रस्त मान्छे लामो शब्ददेखि डराउँछ। लामो शब्दकै भयका कारण उसलाई पढ्न मन लाग्दैन।

Comments

Back to top