इजरायलमा इरिट्रियन प्रदर्शनकारी र प्रहरीबीच झडप, सय बढी घाइते

इरिट्रियन प्रदर्शनकारी र इजरायली प्रहरीबीच तेल अविवमा भएको हिंसात्मक झडपमा सय भन्दा बढी मानिस घाइते भएका छन् ।

शनिबार इरिट्रियन दूतावासले आयोजना गर्ने कार्यक्रमको विरोध गर्न क्लबनजिकै भेला भएका इरिट्रिय सरकारका समर्थक र विपक्षीहरूबीच झडप भएको थियो ।

झडपका क्रममा प्रहरीले ३९ जनालाई पक्राउ गरेपछि घटना केही शान्त भएको थियो । झडपका क्रममा झन्डै ३० जना प्रहरी घाइते भएका छन् ।

Comments

Back to top