एमाले अध्यक्ष ओली र अमेरिकी सिनेटर क्रिसबीच सिंहदरबारमा भेटवार्ता
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आइतबार भएको भेटमा अमेरिकी सिनेटर होलेनले नेपालको शान्ति प्रक्रियाका बाँकी कामबारे अध्यक्ष ओलीसँग चासो राखेका थिए ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार भेटमा अध्यक्ष ओलीले शान्ति प्रक्रियामा टुंगोमा पुर्याउन आफूहरु लागिरेको बताएका थिए ।
भेटमा अमेरिकी सिनेटर होलेनले नेपालमा एमसीसी सम्झौता कार्यान्वयन भएकोप्रति खुसी व्यक्त गरेका थिए । होलेन अघिल्लो साता नेपाल आएका हुन् ।
Comments