महानगरको कुनै गाडी सरकारबाट रोकिए सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् ।
शनिबार राति सामाजिक सञ्जालमा एक सन्देश शेयर गर्दै उनले संघीय सरकारलाई ‘चोर सरकार’ को संज्ञा समेत दिएका छन् । ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु’ उनले लेखेका छन्, ‘याद राख चोर सरकार ।’
Comments