भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य
एसिया कपमा आज दुई चरिप्रतिद्वन्द्वी भारत र पाकिस्तान खेलिरहेका छन् । श्रीलंकको पाल्केले स्टेडियममा टस जितेर पहिले ब्याटिङ राजेको भारतले जितका लागि पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको हाे ।
पाकिस्तानका लागि सर्वाधिक हार्दिक पान्ड्याले सर्वाधिक ८७ रनको अर्धशकीय इनिङ खेले । उनले ९० बलमा ८७ रन बनाए । यस्तै ईशान किशनले पनि ८१ बलमा ८२ रन अर्धशतक इनिङ खेले ।
जस्प्रित बुमराहले १६ बलमा १६, रविन्द्र जडेजाले २२ बलमा १४, श्रेयस लेयेरलाई ९ बलमा १४ तथा कप्तानसमेत रहेका ओपनर रोहित शर्मा २२ बलमा ११ रन बनाए ।
यस्तै शुबमन गिलले ३२ बलमा १० रन बनाए । विराट कोहली ७ बलमा मात्र ४ रन बनाएर आउट भए भने कुलदीप यादवले १३ बलमा ४ तथा शार्दुल ठाकुरले ३ बलमा ३ रन जोडे ।
पाकिस्तानका शाहीन अफ्रिदीले ४ तथा नसीम साहले तीन विकेट लिए ।
Comments