इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर पर्यटकका लागि खुला
इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर जीर्णोद्धारपछि पर्यटकका लागि पुनः खुला भएको छ। प्रधानमन्त्री मोस्तफा मदबौलीले बेन एज्रा सिनागोग खुला गरेको इजिप्टको पर्यटन र पुरातात्त्विक मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
मन्दिर खुला गरेपछि देशमै पर्यटकीय गतिविधि बढ्ने इजिप्टको आशा छ । मन्त्रालयले यहुदी दार्शनीक अब्राहिम बेन एज्राको नाममा राखिएको सिनेगोग १२ औँ शताब्दीको रहेको र योभन्दा पहिला मन्दिरको पुनःनिर्माण सन् १८८० मा गरिएको बताएको छ ।
यो मन्दिर एक समय इजिप्टमा यहुदीहरूको उत्सव, जमघट स्थल र प्रार्थनाको केन्द्र बनेको थियो । यो मन्दिर सन् १९५० को दशकमा धेरैजसो यहुदी समुदायले छोडेपछि पर्यटकको आकर्षकणमा परेको थियो ।
Comments