गाँजाखेतीलाई वैधानिकता दिने तयारीमा जर्मनी

जर्मनीले गाँजाखेतीलाई वैधानिकता दिने तयारी गरेको छ । सरकारले निर्धारित परिमाणमा गाँजा किन्न र राख्न पाइने मस्यौदा कानुनलाई अनुमोदन गरेको छ । मस्योदामा कडा आलोचना भए पनि जर्मनीले वैधानिक बनाउने तयारी गरेको हो ।
एक जनाले तीनवटा गाँजाका बिरुवा लगाउन पाउने गरी कानुनका मस्यौदा निर्माण गरिएको बताइएको छ । यस्तै सामाजिक क्लबहरूबाट दैनिक २५ ग्राम र एक महिनामा अधिकतम ५० ग्राम किन्न पाइने प्रावधान लागू गरिएको छ । गाँजाको प्रयोग गर्ने खालका क्लबको संख्या एक सय नाघिसकेको बताइएको छ ।

यो मस्यौदालाई संसद्ले अनुमोदन गर्ने विश्वास गाँजा सेवन गर्नेहरूले गरेका छन् । यही कारण गँजेडीका ‘क्यानाबिस सोसल क्लब’ धमाधम खुलेका छन् । यस्ता क्लबमा पाँच सयभन्दा बढी सदस्य बन्न नपाइने प्रावधान राखिएको बताइएको छ ।
गाँजालाई वैधानिकता दिने सरकारी योजनाको चिकित्सक तथा कानुन कार्यान्वयन निकायका अधिकारीले विरोध गरेका छन् ।

विपक्षी दलका नेताले प्रस्तावको खुलेर निन्दा गरेका छन् । लागुऔषध दुरूपयोगलाई प्रोत्साहन गर्ने प्रस्तावित विधेयक देशका निम्ति अनुपयुक्त भएको उनीहरूको तर्क छ ।

Comments

Back to top