युद्धबाट समस्या समाधान नभए देश टुक्रिन सक्ने सुडानका सशस्त्र बलका जनरल कमाण्डर बुर्हानको चेतावनी
सुडानका संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष एवं सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले वर्तमान युद्धबाट समस्या समाधान नभए देश टुक्रिनसक्ने चेतावनी दिएका छन् ।
बिहीबार उनले पूर्वी सुडानको रेड सी राज्यको राजधानी सहर पोर्ट सुडानमा सुडानी प्रहरी नेताहरूलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले आफूहरू देशमा युद्धको सामना गरिरहेको र यदि आवश्यकताअनुसार छिटो समाधान नभए देश टुक्रिनसक्ने खतरा रहेको बताए ।
उनले युद्ध अन्त्य गर्न जोड दिँदै युद्धपछिको व्यवस्थाका लागि तयार रहन नागरिकसँग आवह्वान गरे । उनले अधैसैनिक र्यापिड सपोर्ट फोर्स आरएसएफ का लडाकुहरूलाई आफ्नो हतियारसहित आत्मसमर्पण गर्न आग्रह गरे ।
आरएसएफले दारफुर र खार्तुममा युद्ध अपराध गरेको र जिम्मेवार व्यक्तिहरू जबाफदेही बन्नुपर्ने बताए ।
Comments