माधव नेपालको बचाउमा प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको बचाउ गरेका छन् ।

शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने— माधवजी यहीँ हुनुहुन्छ । माधवजीबारे पनि धेरै प्रश्नहरू के हो कसो हो भनिराखेँ । पहिलोपटक उहाँ निर्दोष हो भन्ने साबित भयो । अब फेरि प्रश्न उठाउने ठाउँ रहेन ।

सीआईबीले बयान लिएको र निर्दोष साबित भएकाले मुद्दा चलाउन नपर्ने भनेर लिखितरूपमा दिएको प्रचण्डको दाबी छ । “माधवजीलाई मात्र टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाई पनि थियो । अब त्यो स्थिति रहेन,” उनले भने ।

ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ता भन्दै उनको नाम आएको थियो । पूर्वप्रधानमन्त्री नेपालको उनकै निवास पुगेर सीआईबीले सोधपुछ गरेको थियो। अहिले सीआईबीले प्रतिवेदनसमेत बुझाइसकेको छ । प्रतिवेदनमा नेपाल र अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि मुद्दा चलाउन नपरेको उल्लेख छ ।

Comments

Back to top