भारतले यी देशमा चामल निर्यात गर्न दियो स्वीकृति

गैरबासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने निर्णयमा भारतले केही देशलाई केही छुट दिएको छ। 

भारतको केन्द्र सरकारले बुधबार भुटान, मरिसस र सिंगापुरमा १ लाख ४३ हजार टन गैरबासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको जनाएको हो। भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी)ले एक सूचना जारी गर्दै नेसनल कोअपरेटिभ एक्सपोर्ट लिमिटेडमार्फत चामल निर्यात गर्न अनुमति दिइएको जनाएको छ।

डीजीएफटीले भुटानमा ७९ हजार टन गैरबासमती सेतो चामल, मरिससमा १४ हजार टन र सिंगापुरमा ५० हजार टन निर्यात गर्न स्वीकृत गरेको छ।

Comments

Back to top