चीनले चुच्चे नक्सा हटाएको विरोधमा नेवीसंघको प्रदर्शन
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेवीसंघ) ले चिनियाँ दूतावासमा प्रदर्शन गरेको छ ।
चीनले सोमबार जारी गरेको नयाँ नक्सामा नेपालको नक्साको चुच्चे भाग हटाएर भारतमा गाभेको भन्दै नेवीसंघले विरोध प्रदर्शन गरेको हो ।
नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटिएको छ । तर चीनले आफ्नो नयाँ नक्सामा उक्त भूभागलाई भारतकै भागमा पारेको छ।
नेवीसंघले विरोध प्रदर्शन गर्नुअघि दूतावासलाई कूटनीतिक नोट उपलब्ध गराएको थियो । तर त्यसको जवाफ नपाएपछि नक्सा संशोधन गर्न दबाब दिन प्रदर्शन गर्नुपरेको नेवीसंघले जनाएको छ ।
Comments