अमेरिकामा समुद्री आँधी ‘इडालिया’ को वितण्डा, तीन जनाको मृत्यु, हवाई उडान प्रभावित

अमेरिकामा समुद्री आँधी ‘इडालिया’ ले वितण्डा मच्चाएको छ । उक्त आँधीको कारण दक्षिणपूर्वी क्षेत्रमा आँधीबाट तीन जनाको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा दुई जना मोटरसाइकल चालक र एक जना जर्जियाका नागरिक रहेका छन् । समुद्री आँधीले क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित भएको छ भने अन्य राज्यहरुमा पनि तुफानसहित ठूलो पानी परेको छ ।

तीव्र गतिको तुफानका कारण अमेरिकामा एक हजारभन्दा धेरै हवाई उडान रद्द भएका छन् । आँधीका कारण राष्ट्रपति जो बाइडेनका पूर्वनिर्धारित कार्यक्रमहरु पनि प्रभावित भएका ह्वाइटहाउसलाई उद्धृत गरी अलजजिराले जनाएको छ । आजदेखि इडालिया आँधीको गति केही मत्थर हुँदै जाने मौसमविद्को अनुमान छ ।

Comments

Back to top