एमसीसी विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने चारदलको घोषणा
अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध ४ दलले देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
मंगलबार नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले संयुक्त प्रेस वक्तव्य जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।
‘हस्तक्षेपकारी एमसीसी परियोजना जन संघर्षको बलमा खारेजी गर्न आम देशभक्त नेपाली जनतालाई सडकमा उत्रिन अपिल गर्दछौं, वक्तव्यमा भनिएको छ । ‘
गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)को सञ्चालक समिति बैठकले भदौ १३ लाई इआइएफ मिति तोकेको छ ।
अर्थ मन्त्रालय र एमसिसीबीच २०७४ भदौ २९ मा भएको सम्झौता २०७८ फागुन १५ गतेको संसद् बैठकबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो ।
Comments