सरकारले बहुमतको दम्भ देखाएर आफूहरुलाई हेप्न खोजे प्रतिकार गर्ने गगन थापाको चेतावनी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सरकार नै अपराधीलाई जोगाउनतिर लागेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक– २०८० माथिको सामान्य छलफलमा भाग लिँदै महामन्त्री थापाले सरकार वैधानिकरुपमै अपराधीलाई जोगाउनतिर लागेको बताएका हुन् ।

‘यो विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत जघन्य अपराधमा संलग्नलाई जोगाउने प्रावधान ल्याउन खोजिएको छ’, उनले भने, ‘नेपाली कांग्रेसको तर्फबाट प्रष्ट भन्न चाहन्छु, राजनीतिक अपराधीकरण र अपराधको राजनीतिकरण स्वीकार्य छैन ।’

उनले बहुमतको आधारमा सरकारले संसदलाई हेप्ने गरेको भन्दै अब आफूहरु नहेपिने पनि बताए । उनले बहुमतका आधारमा आफूहरुलाई हेप्न खोजे प्रतिकार गर्ने चेतनावनीसमेत दिएका छन् ।

Comments

Back to top