चिनियाँ ईभी कार कम्पनी एक्सपेङले ‘दिदी’ लाई ७४ करोड अमेरिकी डलरमा किन्ने

चिनियाँ विद्युतीय कार कम्पनी एक्सपेङले भाडामा यातायात सेवा प्रदान गर्ने (राइड–हेलिङ्ग प्लेटफर्म) दिदीको विद्युतीय सहायक कम्पनी ७४ करोड अमेरिकी डलरभन्दा बढीमा खरिद गर्ने र नयाँ ब्रान्डका सवारी साधन सार्वजनिक गर्ने सोमबार घोषणा गरेको छ ।

सन् २०१५ मा दक्षिणी प्रान्त गुआङडोङमा स्थापना भएको एक्सपेङ विश्वको सबैभन्दा ठूलो कार बजारमा विद्युतीय सवारी साधनमा आएको उछालको फाइदा उठाउन हालैका वर्षहरूमा उदाएका दर्जनौं चिनियाँ कम्पनीमध्ये एक हो । दिदी चीनको अग्रणी कार–हेलिङ्ग एप हो जसले विद्युतीय सवारी डिजाइन गर्ने सहायक कम्पनी पनि सञ्चालन गर्दछ ।

हङकङ स्टक एक्सचेन्जलाई दिएको जानकारीअनुसार एक्सपेङले दिदीसँग ७४ करोड ४० लाख अमेरिकी डलरमा उक्त सहायक कम्पनी किन्ने सम्झौता गरेको हो । यसले दीदीसँग साझेदारी गर्दै अर्को वर्ष नयाँ ब्रान्डको विद्युतीय कारहरू बजारमा ल्याउनेछ ।

चिनियाँ स्टक बजारले सम्झौताको स्वागत गरेको छ । जसले चिनियाँ निर्मातालाई सम्भावित प्रतिस्पर्धीलाई हटाउन र यसको उन्नत प्रविधिमा पहुँच प्राप्त गर्न अनुमति दिन्छ । एक्सपेङको शेयर सोमबार बिहान करिब १३ प्रतिशतले बढेको छ ।

 

 

Comments

Back to top