दिल्लीमा हुने जी–२० शिखर सम्मेलनमा पुटिन उपस्थित नहुने

सेप्टेम्बर ९ र १० मा दिल्लीमा हुने जी–२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, चीनका राष्ट्रपति सी जिनपिङ, बेलायतकी प्रधानमन्त्री ऋषि सुनक, साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान समेत विश्वका शीर्ष नेताहरु सहभागी हुने छन् । तर रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन भने दिल्ली नआउने भएका छन् ।

रुसी राष्ट्रपति पुटिनका प्रेस सचिव दिमित्री फेस्कोफले रुसी सञ्चार माध्यमहरुलाई बताएअनुसार पुटिन दिल्ली आउने योजना छैन । उनले भनेका छन्, ‘अहिले युक्रेनमा विशेष सैन्य अभियान नै सबभन्दा महत्वपूर्ण छ ।’

पुटिनले छिट्टै टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोगानको निम्तोमा टर्कीको यात्रा गर्ने र ब्लाक सी ग्रेट डिल (ब्लाक सीमार्फत गहुँ निर्यातसम्बन्धी सम्झौता) मा छलफल गर्ने सम्भावना थियो । टर्कीका सञ्चार माध्यमहरुका अनुसार पुटिन अगस्टको अन्त्यमा भ्रमणमा आउने तयारी थियो । तर त्यो पनि रोकिएको मानिएको छ ।

Comments

Back to top