भारतसँग मङ्गल र शुक्रग्रहमा पनि पुग्नसक्ने सामर्थ्य रहेको इसरोको दाबी
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले मङ्गल र शुक्रग्रहमा पनि पुग्नसक्ने सामर्थ्य रहेको जनाएको छ ।
इसरोका अध्यक्ष एस सोमनाथले चन्द्रमा मात्रै नभएर मङ्गल र शुक्रग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताएका हुन् ।
तिरुवनन्तपुरममा भएको कार्यक्रममा उनले भारतले जुनसुकै ग्रहमा पुग्नसक्ने सामर्थ्य राख्ने दाबी गरे ।
उनले इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको पनि बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सरकार र सरकारको नेतृत्व गरेका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न इसरो तयार रहेको तर यसका लागि थप लगानीको खाँचो रहेको उनको भनाइ छ ।
इसरोले चन्द्रयान–३ परियोजना पर्याप्त लगानीका बाबजुद नै सफलतापूर्वक सम्पन्न गरेको पनि जनाएको छ ।
Comments