नौ महिना पछि संसदीय समितिको सभापति चयन हुँदै, आजबाट प्रक्रिया सुरु
आम निर्वाचन भएर नयाँ संसद गठन भएको नौं महिना पछि संसदीय समितिको सभापति चयन प्रक्रिया आजबाट सुरु भएको छ ।
सभामुख देबराज घिमिरेले सार्वजनिक गरेको कार्यसुची अनुसार आज बिषयगत तथा प्रक्रियागत समितिहरुको सभापतिका लागि उम्मेदवार मनोनयन प्रक्रिया सुरु हुँदैछ ।
संघीय संसद सचिवालयका अनुसार समिति सभापतिका लागि आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन समयसिमा तोकिएको छ ।
संसदका १० वटै विषय र प्रक्रियागत समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरूप आज उम्मेदवारी दर्ता हुन लागेको हो । जसअनुसार भाेलि संसदीय समितिहरूले नयाँ सभापित पाउने छन् ।
Comments