चिनी निर्यातमा पनि प्रतिबन्ध लगाउने तयारीमा भारत

भारतले चिनी निर्यातमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ । यस वर्ष चिनीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ । भारतले आगामी असोजदेखि चिनी निकासीमा प्रतिबन्ध लगाउन सक्नेछ ।

भारतले सात वर्षपछि पहिलो पटक चिनी निकासीमा प्रतिबन्ध लगाउने कदम चालेको हो । यसपटक उखुको बाली राम्रो नभएकाले अर्को सिजन बाहिर पठाउने चिनी पुग्दैन । भारत सरकारले यसपटक सेप्टेम्बर ३० सम्म ६१ लाख टन चिनी निर्यात गर्न अनुमति दिएको छ भने गत सिजन ११ लाख टन चिनी अन्य देशमा पठाइएको थियो ।

केही वर्षदेखि ठूलो परिमाणमा चिनी निकासी हुने गरेको सरकारी स्रोतले बताएको छ, तर यसपटक त्यो हुन सकेको छैन । हालै सरकारले प्याज निर्यातमा पनि प्रतिबन्ध लगाएको छ । यो निर्णयको विरोधमा किसानहरु आन्दोलनमा उत्रिएका छन् । यो निर्णयका कारण प्याजको भाउ घटेको किसानहरुको भनाइ छ। यसअघि सरकारले गैर-बासमती सेतो चामल निकासीमा प्रतिबन्ध लगाएको थियो ।

Comments

Back to top