अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जेल चलान

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जेल चलान भएका छन् । ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेपछि औपचारिक रुपमा पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पमाथि सन् २०२० को राष्ट्रपतीय चुनावको परिणाम उल्टाउने प्रयास गरेको आरोप लागेको थियो । यस्तै, ट्रम्पको मग शट (अनुहारको तस्बिर) लिइएको छ । अमेरिकी कानुनका अनुसार प्रहरीले आरोपितको फोटो खिच्नुलाई मग शट भनिन्छ ।

ट्रम्पको औँठाछाप लिइ अनुहारको तस्बिर लिइएको खबरमा उल्लेख छ । अमेरिकामा यस्तो मग शट जारी हुनेमा ट्रम्प पहिलो पूर्व राष्ट्रपति भएका छन् । ट्रम्प जेल चलान भएपछि जेल बाहिर उनका समर्थकहरुको भिड लागेको छ । उनले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् । ट्रम्पले सन् २०२४ मा फेरि चुनावमा भाग लिने तयारी गरिरहेका छन् ।

Comments

Back to top